मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तेस्रो चरणको कोरोनाका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका संक्रमित

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७८



  • काठमाडौं । लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी भएको जनाएको छ । पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीमध्ये ५सय भन्दा बढी बालबालिका संक्रमित भएका छन् ।

    शनिबार ५ सय ७९ जना बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।७ माघ ७ गते १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ सय ७६ बालबालिका संक्रमित भएका थिए । त्यस्तै माघ ६ गते देशभर १२ हजार ३ सय ३८ जना संक्रमति हुँदा ५ सय ९३ बालबालिका संक्रमित थिए ।

    त्यस्तै माघ ५गते ५ सय ८१ बालबालिकामा संक्रमण देखिएको थियो, जब कि त्यस दिन कुल संक्रमितको संख्या ११ हजार ३ सय ५२ थियो । यसबाहेक माघ ४ गते देशभर कुल संक्रमित १० हजार २५८ हुँदा संक्रमित बालबालिकाको संख्या ५ सय ४१ थियो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार माघ ३ गते मा ३ सय ७२ बालबालिका संक्रमित भएका थिए  भने माघ २ गते ३ सय २३ मा संक्रमण देखिएको थियो । त्यस्तै माघ १ गते २ सय ७८ र ३० पुसमा २ सय ९९ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो ।

    तेस्रो लहर सुरु भएयता पछिल्ला दुई सातादेखि देशभर संक्रमित बालबालिकाको संख्या बढ्न थालेको हो । त्यसअघि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिका संक्रमण गत दुई सातादेखि लगातार उकालो लागेको छ । नेपालमा ओमिक्रोनको संक्रमण फैलिएसँगै पुस अन्तिमबाट बालबालिकामा पनि संक्रमण बढ्न थालेको मन्त्रालयको तंथ्याकले देखाउँछ ।

    २५ पुसमा ७५ जना बालबालिकामा संक्रमण देखिए पनि २६ पुसमा एकैदिन एक सय १६ जनामा देखिएको थियो । त्यसयता संक्रमणदर लगातार बढ्दै गइरहेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij