आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेनेगललाई पहिलो पटक अफ्रिका कप फुटबलको उपाधि

  • प्रकाशित मिति : सोमवार, माघ २४, २०७८



  • काठमाडौं । इजिप्टलाई हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    क्यामरुनको राजधानी याउन्डेमा रहेको आलेम्बे रंगशालमा गएराति भएको फाइनल खेलको सातौं मिनेटमा सेनेगलले पाएको पेनाल्टी अवसर खेर फालेको थियो । सेनेगलका सादियो मानेको प्रहारलाई इजिप्टका गोलरक्षक गाबास्कीले रोकिदिएका हुन् ।

    निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइ ब्रेकरबाट भएको हो । टाई ब्रेकरमा सेनेगल ४–२ ले विजयी भयो ।

    नक आउट चरणमा आइभोरी कोष्ट र क्यामरुनलाई पेनाल्टी सुट आउटमै हराएको इजिप्टले सेनेगल विरुद्धको फाइनल खेलमा भने त्यो सफलता दोहो¥याउन सकेन । सेनेगलको जितसँगै अफ्रिकी महादेशले नयाँ फुटबल च्याम्पियन पाएको छ ।

    सर्वाधिक सफल टोली इजिप्टको भने किर्तीमानी आठौं पटक उपाधि जित्ने लक्ष्य भने अपुरै रह्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij