आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा दैनिक कोरोना संक्रमितको सङ्ख्या घट्ने क्रममा

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७८



  • काठमाडौं ।

    भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मङगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कूल संक्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ ।

    महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको दोस्रो दिन हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरूको सङ्ख्या एकाएक बढेको थियो । पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएयता हालसम्म पाँच लाख चार हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ ।

    सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भने एक लाख ८० हजार ४५६ रहेको छ । यसैसँगै हालसम्म कोरोना भाइरसबाट चार करोड ८४ हजार ६५८ जना निको भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या दोब्बरभन्दा बढी रहेको छ । त्यसैले सक्रिय संक्रमितहरूको सङ्ख्या पनि घट्दै गएको छ ।

    भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ९ लाख ९४ हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij