आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कारको ठक्करबाट दाङमा पैदल यात्रुको मृत्यु

  • प्रकाशित मिति : सोमवार, असार २७, २०७९



  • दाङ । दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

    घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई गए राति करिब पौने १० बजेतिर ठक्कर दिएको थियो।

    घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

    उनको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमर्टमका लागि प्रतिष्ठानमा राखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij