प्रकाशित मिति : शनिबार, साउन २१, २०७९
काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।
खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि, ८५ औं मिनेटमा मार्क गुएहिले आत्मघाती गोल गरेपछि आर्सनल २–० ले विजयी भयो ।
जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij