आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युएस टेनिसको उपाधी स्पेनिस टिनएजर कार्लोसले जिते

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७९



  • काठमाडौं । यस वर्षको युएस ओपन टेनिसको उपाधी स्पेनिस टिनएजर कार्लोस अल्कारेजले जितेका छन् ।

    अमेरिकाको न्यूयोर्कमा सोमबार बिहान सम्पन्न फाइनल खेलमा नर्वेका क्यास्पर रुडलाई ३–१ को सेटमा हराउँदै अल्कारेजले करियरमा पहिलो ग्राण्डस्लाम जितेका हुन् । रुडविरुद्धको खेल अल्कारेजले ६–४, २–६, ७–६ र ६–३ को सेटमा जितेका छन् । यो हारसँगै रुडको भने ग्राण्डस्लाम जित्ने सपना अधुरै रहेकाे छ ।

    यसअघि फ्रेन्च ओपनको पनि फाइनलमा पुगेका रुड त्यतीबेला पनि उपविजेतामा नै सीमित भएका थिए । यता अल्कारेज भने यो जितसँगै विश्व वरियताको शीर्ष स्थानमा उक्लने भएका छन् । १९ वर्षीय अल्कारेज विश्व बरियताको शीर्ष स्थानमा पुग्ने अहिलेसम्मकै सबै भन्दा कान्छा खेलाडी बन्दै छन् ।

    उपविजेता बनेका रुड बरियताको दोस्रो स्थानमा पुग्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij