मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

सवा ६ किलो लागु औषध सहित २ महिला पक्राउ (भिडियो सहित)

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७९



  • बर्षात क्षेत्री,दाङ। जिल्ला प्रहरी कार्यालय दाङले लागु औषध चरेस सहित २ महिलालाई पक्राउ गरेको छ।

    प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्बजनिक गरेको हो ।

    प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो।

    २ जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको दाङका प्रमुख प्रहरी उपरीक्षक ओलीले जानकारी दिनुभयो।

    https://www.facebook.com/jaljalanews/videos/487676589889837

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij