मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

sp ओलीको एक्सन कडा, थोरै समयमा सफलता, दाङमा लागु औषध ब्राउन सुगर सहित २ युवा पक्राउ ।(भिडियो सहित)

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७९



  • बर्षात क्षेत्री,दाङ। दाङमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीको कामको चर्चा हुन् थालेको छ।उहाँ आएको एक हप्तामा एक जना कैदी अदालत परिसरबाट फरार भए तर २४ घण्टा भित्र पक्राउ गर्न सफल भयो प्रहरी, उहाँ आएको २२ दिनमा ४ जना लागु औषध सहितका अभियुक्त पक्राउ गरेर उत्कृष्ट काम भएको चर्चा हुन थाले छ। प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई युवाहरूलाई र दुई महिलालाई चरेस सहित पक्राउ गरेर आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

    प्रहरीले गढवा १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका १० जगदीशपुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले
    जानकारी दिनुभयो।

    उनले लागु औषध ओसारपसारमा प्रयोग गरेका लु ६८प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको ओलीले जानकारी दिनुभयो

    त्यस्तै, प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको जनाएको छ ।

    चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेकोओलीले जानकारी दिनुभयो।

     

    https://www.facebook.com/jaljalanews/videos/497877332157253

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij