आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खेलकुदले समाजलाई एकतावद्ध बनाउँछ : राजेश हमाल

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २५, २०७९



  • काठमाडौं । महानायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले खेलकुद खेलमा मात्रै सिमित नभइ समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताउनुभयो । उहाँले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता भएको बताउनुभयो । उहाँले खेलकुदले राष्ट्रमा मात्रै सिमित नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले खेलकुदलाई बुझेर विकास गर्न जरुरी रहेको बताउनुभयो ।

    महानायक हमालले ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय स्तरका खेलहरुको आयोजना गर्न तँछाडमछाड गर्नुको कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौति र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भुमिका खेल्ने बताउनुभयो ।

    महानायक हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij