सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपाली सेनाका पूर्वरथी महत मृत फेला

  • प्रकाशित मिति : शनिबार, मंसिर २४, २०७९



  • काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला पर्नुभएको छ ।

    ५ वर्षअघि नेपाली सेनाबाट अवकास पाउनुभएका महत शनिबार बिहान मृत भेटिनुभएको हो ।

    पूर्वरथी महत बुढानीलकण्ठ–९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको बताइएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले महतको मृत्युको कारण खुलिनसकेको जानकारी दिनुभएको छ ।

    ६२ वर्षीय महतको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझिसकेका छन् ।

    महत हास्य व्यंग्यकार समेत हुनुहुन्थीयो । महतका ‘चिप्ला कुरा’, ‘एकै ड्याङका मुला’,‘दुवै हातमा लड्डु’,‘कुर्सीको जय होस्,’‘भालुलाई पुराण’,‘चोरको खुट्टा काट्’,‘आफ्नो हात जगन्नाथ’, लगायत कृति प्रकाशित छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij