सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन्–क्याप्टेन लामा

  • प्रकाशित मिति : आइतवार, मंसिर २५, २०७९



  • मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन बिजय लामाले बताएका छन्। 

    आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठूलो समूहले हनी हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले उक्त धारणा व्यक्त गरेका हुन्। 

    पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको महानायक राजेश हमालले बताए। 

    जिन्दगी कै अभुतपूर्व अनुभव गरेको नायिका वर्षा सिवाकोटीले बताइन् । 

    त्यस्तै कलाकार विपिन कार्कीले आफैं गएर भिरमा मह काढौं–काढौं जस्तो उत्साह भएको बताए।

    नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनी हन्टिङका लागि लमजुङ पुगेका थिए।

    बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढेको अवलोकन गरेको हो। 

    बिहीबार साँझ क्व्होलासोंथार गाउँपालिका ४, भुजुङ पुगेका उनीहरू आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हनी हन्टिङ अवलोकनको आयोजना गरिएको आयोजक संस्था स्पार्क ग्रुपका सिइओ रोशन घिमिरेले बताए।

    कार्यक्रममा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहितको टिम भुजुङ पुगेको स्पार्क समूहका इभेन्ट म्यानेजर अमरदीप भट्टराइले जानकारी दिए।

    काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन, भीर मह सिकार स्थलमा पुगेर अवलोकन र होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्केको भट्टराईले बताए। 

    शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझ समेत गरी २४ गते टोली काठमाडौं फर्केको भट्टराईले बताए।

    लमजुङको भुजुङमा करिब ४ सय घर एकै ठाउँमा छन्। पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ। 

    समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij