प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९
बिनिता शर्मा,काठमाडौ|मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले राम्रो काम गरेको चर्चा हुन थालेको छ,
प्रदेश प्रहरी प्रमुखमा डि आई जी बसन्त बहादुर कुवर आएपछी प्रहरीले बिभिन्न कार्यमा सफलता पाएको हो ।
त्यो प्रदेशका बिभिन्न जिल्लामा प्रहरीले गरेको कामले देखाउछ, बिभिन्न जिल्लाका बिभिन्न स्थानबाट १७ दिनमा करीब ८ सय फरार प्रतिबादी पक्राउ गरी जरीमाना स्वरुप करीब १ करोड राजस्व उठेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डि आई जी कुवरले जानकारी दिनुभयो ।
फरार प्रतिबादी कहाँबाट कती पक्राउ परे ??
१. सप्तरी जिल्लामा ५१ जना राजस्व ७३४७२।
२. सिरहा जिल्लामा ७४ जना ४८८०३।
३. धनुषा जिल्लामा ५८ जना राजस्व ९३५३८१।
४. महोत्तरी जिल्लामा १४ जना राजस्व ८७२०००।
५. सर्लाहि जिल्लामा ६९ जना राजस्व ८११३७।
६. रौतहट जिल्लामा ७७ जना राजस्व ५३३६३५।
७. बारा जिल्लामा ३७१ जना राजस्व ७०२९७५३।
८. पर्सा जिल्लामा ७ जना राजस्व २५९१६।
जम्मा जरीमाना स्वरुप राजस्व ९६०८०९७।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको मतहतमा रहेका ८ जिल्लाबाट फरार प्रतिबादी पकाउ गरिएको हो
यसरी नियन्त्रणमा लिई फरार प्रतिवादीहरूलाई सम्बन्धीत जिल्लाका सम्मानित जिल्ला अदालतहरुमा उपस्थित गराइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख बसन्त बहादुर कुवरले जानकारी दिनुभयो|
यसरी नै सुरक्षा अधिकारीहरुले खटिएको ठाउँमा आ आफ्नो जिम्मेवारी पुरा गरे रातदिन जतिखेर पनि निर्धक्कका साथ सबैले खुला रुपमा निस्किएर जीबन यापन चलाउन सक्ने देखिन्छ भने सुरक्षाको राम्रो प्रबन्ध भए शान्ती सुरक्षामा राम्रो अवस्था हुने निश्चित छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij