आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसीसी प्रिमियर कप : नेपाल र युएईको बाँकी फाइनल खेल आज हुने

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०८०



  • काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले मंगलबार पनि निरन्तरता पाउदैछ । टियू क्रिकेट मैदानमा सोमबार वर्षाले पटक पटक बिथोलिएको खेल मंगलबार बिहान ९ बजेदेखि सुचारू हुनेछ ।

    सोमबार टस हारेर ब्याटिङमा आएको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा बिहान ११ बजेर ५० मिनेट जाँदा खेल रोकियो । दिउँसो साढे ३ बजेसम्म पनि वर्षा नरोएिकपछि सिंगापुरका म्याच रेफ्री सारिका प्रसादले बाँकी खेल मंगलबार हुने घोषणा गर्नुभएको हो ।

    ९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाटै मंगलबार युएईले आफ्नो बाँकी ब्याटिङ गर्नेछ ।

    मंगलबार पनि वर्षाले खेलको निर्णय आउन सकेन भने खेल सुपर ओभरमा पुग्नसक्छ । त्यहाँबाट पनि परिणाम सम्भव नभए आईसीसीको एक दिवसिय वरियतामा युएईभन्दा माथि रहेको कारण नेपाल विजेता बन्नेछ । मंगलबार विजयी हुने टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउने भएकोले दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।

    यो खेलबाट छानिने टोलीले एसिया कपको भारत र पाकिस्तान सम्मिलित समुहमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij