आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैन : अर्थमन्त्री महत

  • प्रकाशित मिति : शनिबार, असार ९, २०८०



  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गर्नुभएको छ ।

    शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताउनुभयो । उहाँले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको बताउनुभयो ।

    अर्थमन्त्री महतले करको विषयमा देशको हीतलाई हेरेर दर हेरफेर गरिएको बताउनुभयो । उहाँले करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने आशमा रहेकाहरु रिसाएको भन्दै आफूले समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेको दाबी गर्नुभयो ।

    अर्थमन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझाव अनुसार सरकारले करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको उल्लेख गर्नुभयो । उहाँले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउनुपर्ने विषयको निराकरण आफूले नभएर अदालतले मात्रै टुंगो लगाउन सक्ने बताउनु भयो ।

    अर्थमन्त्री महतले यसबारे व्याख्या गर्ने अधिकार आफूलाई नभएकोले यसको व्याख्या अदालतले मात्र गर्नसक्ने बताउनुभयो । उहाँले महालेखाले भनेको विषय मन्त्रीले काट्नसक्ने अवस्था नभएकाले लागू गरेको दाबी गर्नुभयो ।

    अर्थमन्त्री महतले विगतका सरकारले निरन्तरता करछुट बढ्दै गएकाले त्यसलाई नियन्त्रण गरेको बताउनुभयो । उहाँले सरकारले बजेटमार्फत कर नभएर करको दायरालाई बढाएको दाबी गर्नुभयो । उहाँले सरकारले ल्याएको बजेटले अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

    अर्थमन्त्री महतले मौद्रिक नीतिले पनि अर्थतन्त्रमा थप सुधार ल्याउने अपेक्षा रहेको बताउनुभयो । उहाँले बजेटमा साधरण खर्चतर्फ सामाजिक सुरक्षा लगायतका विषयबाट सरकार पछाडि हट्न नसकेकाले पुँजीगत खर्चको स्पेस बढाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले सरकारको ऋण तथा ब्याज तिर्ने दायित्व बढेको र अर्को वर्ष अझै बढ्दै जाने चिन्ताको विषय बनेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij