सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

उत्कृष्ट कार्य गर्ने २ जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान

  • प्रकाशित मिति : शनिबार, साउन २७, २०८०



  • बिनिता शर्मा,काठमाडौँ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्कृष्ट कार्य गर्ने २ वटा जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान गरेको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई “उत्कृष्ट जिल्ला प्रहरी कार्यालय” को प्रशंसा- पत्र प्रदान गरिएको हो ।

    आर्थिक बर्ष २०७९/०८० का लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयहरु मध्येबाट सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरु मध्येबाट उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई प्रशंसा- पत्र प्रदान गरिएको छ ।

    कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सर्वोत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.लाई प्रशंसा-पत्र प्रदान गर्नु भएको हो ।

    प्रदेश प्रहरी प्रमुख बास्तोलाले उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालयहरुलाई हार्दिक बधाई सहित आगामि दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिनु हुदै अन्य जिल्ला प्रहरी कार्यालयहरुलाई समेत उत्कृष्ट कार्य गर्न हौसला प्रदान गर्नु भएको, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ । ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij