प्रकाशित मिति : बुधबार, साउन ३१, २०८०
दाङको बंगलाचुलीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । जंगली च्याउ खाँएर विरामी परेकी बंगलाचुली गाउँपालिका ४ कि ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।
विषालु च्याउ खाँदा बिरामी भएकी अस्मितालाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछी थप उपचारका लागि वुटवल लगिएको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक अस्मिताको आमा २७ वर्षिया ईश्वरी सुनारको पनि अवस्था गम्भिर रहेको पाईएको छ । उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा र मृतक अस्मिताका बुवा अजय सुनारको घोराहीमै उपचार भईरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij