आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवैध लागूऔषधसहित तीन जना पक्राउ

  • प्रकाशित मिति : शनिबार, भदौ १६, २०८०



  • बिनिता शर्मा,काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

    बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित राप्तीसोनारी गाउँपालिका-४ बैजापुर बस्ने २८ वर्षीय कमबहादुर थारू र १ ग्रामसहित सोही उपमहानगरपालिका-१८ भुजई गाउँ बस्ने ४१ वर्षीय गया प्रसाद धोबीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीलेभारतबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

    पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका-४ मथुरा चोकबाट अवैध लागूऔषध गाँजा १० केजी १ सय ९० ग्रामसहित सोही गाउँपालिका-४ कदमिया टोल बस्ने ५० वर्षीय चन्द्रिका मुखियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा
    सुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता {DIGP} कुबेर कडायतले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij