आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वियन खेलाडी जोकोभिच यु.एस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

  • प्रकाशित मिति : बुधबार, भदौ २०, २०८०



  • काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच यु.एस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड स्लामको क्वाटरफाइनलमा अमेरिकन खेलाडी टेलर फ्रिट्जलाई हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।

    फ्रिट्जविरुद्धको खेल जोकोभिचले ६–१, ६–४ र ६–४ को सोझो सेटमा जिते । सेमिफाइनलमा जोकोभिचको भिडन्त अमेरिकन खेलाडीहरु फ्रान्सेस टियाफो र बेन शेल्टनमध्ये एक जनासँग हुनेछ । करियरमा २३ पटक ग्राण्ड स्लाम जितिसकेका जोकोभिच अब २४ औं उपाधिको खोजीमा छन् ।

    यसपटक यु.एस ओपन जितेको खण्डमा जोकोभिचले सर्वाधिक ग्राण्डस्लाम जित्ने अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको २४ उपाधिको किर्तीमानसँग बराबरी गर्नेछन् ।

    पुरुषतर्फ भने जोकोभिचले जितेको २३ ग्राण्डस्लाम नै अहिलेसम्मको उच्च हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij