शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विदेश पठाइदिने भन्दै १० करोड ठगेको आरोपमा एक जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०८०



  • १० करोड रुपैयाँ ठगेको आरोपमा सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ परेका छन्।

    ट्रेनिङ सेन्टर सञ्चालक ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर लामा पक्राउ परेका हुन्।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले सोमबार दिउँसो शंखमुलबाट पक्राउ गरेको हो।

    उनले काठमाडौं महाराजगञ्जस्थित ट्रेनिङ सेन्टर सञ्चालन गरी वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुरलगायतका देशमा पठाइदिने भन्दै रकम ठगेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

    उनले पीडितहरूबाट ५ देखि १५ लाख रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ। उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानीसमेत बरामद गरिएको उनले जानकारी दिए।

    Nchl

    पक्राउ परेका लामालाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij