शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङमा मृत फेला परेका महिला र पुरूष माइजू-भान्जा

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०८०



  • दाङ तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँस्थित जंगलमा मृत फेला परेका महिला र पुरूषको पहिचान खुलेको छ।

    बुधबार दमार गाउँस्थित जंगलमा एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेका तुलसीपुर उपमहानगरपालिका-३ गोठीखोलाका ३५ वर्षीया बसन्ती थापा र १९ वर्षीय तुलसीराम घर्ती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

    उनका अनुसार उनीहरू माइजू-भान्जा हुन्।

    ‘बसन्तीका श्रीमान गोबिन्द थापाले श्रीमती हराएको हुँदा खोजी गरिदिन भन्दै पुस ९ गते प्रहरीमा निवेदन दिएका थिए,’ उनले भने।

    तर शव सडेर गलिसकेको हुँदा पुस १० गते उनीहरूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

    बसन्तीले घर छोडेपछि सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्- ‘गल्ती नहुँदा नहुँदै पनि संसारबाट बिदा हुनुको पीडाबारे सोचौला नि!’

    मृतकको शवको मुचुल्का तयार पारी पोष्टमर्टमका लागि तुलसीपुर ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।

    घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij