मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज विश्व क्यान्सर दिवस

  • प्रकाशित मिति : आइतवार, माघ २१, २०८०



  • काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ ।

    क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ यस वर्ष नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाउन लागिएको हो ।

    नेपालमा वार्षिक २० देखि ३० हजारसम्म क्यान्सरका नयाँ बिरामी थपिने गरेको डरलाग्दो तथ्यांक छ । त्यसमध्ये १२ देखि १८ हजारको मृत्यु त्यसै वर्ष हुन्छ । यस्तै नेपालमा हरेक दिन ४० जनाको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ ।

    चिकित्सकका अनुसार क्यान्सर रोगको प्रमुख कारक धूमपान र जीवनशैलामा आएको परिवर्तन हो । विश्वमा सबैभन्दा बढी क्यान्सर हुने स्तन क्यान्सर हो भने त्यसपछि फाक्सोको क्यान्सर हुने गरेको पाइएको छ ।

    नेपालमा भने सबैभन्दा बढी फोक्सोमा क्यान्सर भएको पाइएको छ भने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेट र ठूलो आन्द्राको क्यान्सर, मुख तथा रगतको क्यान्सर बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    क्यान्सर नसर्ने रोग भएको हुँदा यसबाट जोगिन सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सँधै शारिरिक व्यायाम गर्ने तथा स्वच्छ तथा सन्तुलित खानामा ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij