मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नवलपरासीमा १ लाखबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइँर्दै

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०८०



  • परासी । नवलपरासीमा १ लाखबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइँदैं छ ।

    जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

    जसअनुसार फागुन १३ देखि १९ गतेसम्म रामग्राम, सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालन गरिने छ भने फागुन २१ गतेदेखि २७ गतेसम्म पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

    सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाण्डौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउँदै छ । सबै उमेर समूहमा देखिन सक्ने यो रोगबाट सबैभन्दा बढी ५ वर्षमुनीका बालबालिकाहरु जोखिममा रहेका छन् ।

    यो रोगको उपचार नभएकाले खोप नै प्रभावकारी भएकाले अभियानको समयमा बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले अभिभावकहरुलाई आग्रह गरेको छ । सरकारले सन २०२६ सम्म दादुरा–रुबेला रोगको निवारण र पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij