मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मिर्गौला फेल हुनु अघि शरीरले देखाउँछ यस्ता सङ्केत

  • प्रकाशित मिति : आइतवार, बैशाख २३, २०८१



  • काठमाडौँ । मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गमध्ये एक हो । यसले रगत फिल्टर गर्ने काम गर्छ । यसले खास गरेर युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट टाढा राख्ने काम गर्दछ । खानामार्फत विषाक्त पदार्थ मूत्रथैलीमा पुग्छ, यी सारा फोहोर पदार्थ पिसाबसँगै बाहिर निस्कन्छ ।

    तर जब मिर्गौलामा समस्या देखिन थाल्छ, यी खतरनाक चीजहरू रगतमा मिसिन थाल्छन् र हामी बिरामी पर्न थाल्छौँ । मिर्गौला निकै छिटो बिग्रने भएकोले क्रोनिक किड्नी डिजिजलाई साइलेन्ट किलर पनि भनिन्छ । तर मिर्गौला फेल हुनुअघि शरीरमा केही लक्षणहरू देखिन थाल्छ । लक्षणहरू यति सामान्य हुन्छ कि यसलाई चिन्नै मुस्किल हुन्छ ।

    मिर्गौला खराब हुने बेलामा देखिने लक्षणहरू

    वाकवाकी लाग्ने र बान्ता हुने
    तपाईंलाई अनावश्यक रूपमा वाकवाकी लागेको महसुस भइरहेको छ र खानेकुरा खाने बित्तिकै वाकवाकी लाग्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

    भोक हराउँछ
    मिर्गौलामा समस्या भएपछि भोक लाग्न छाड्छ । पेट सधैँ भरिएको, डम्म भएको महसुस हुन्छ । जसले गर्दा बिरामीलाई खान मनै लाग्दैन ।

    थकान र कमजोरी
    तपाई जति बेला पनि थकित र कमजोर महसुस गरिरहनु हुन्छ भने यसको एउटा कारण मिर्गौलामा खराबी पनि हुन सक्छ । केही पाइला हिँड्दै खेरि थकाइ लाग्छ र भित्रदेखि कमजोरी महसुस हुन्छ भने यस्ता लक्षणहरूलाई हल्का रूपमा लिनुहुन्न ।

    निद्रामा समस्या
    निद्रा गायब हुनु राम्रो कुरा होइन । मिर्गौलाको समस्या भएका मान्छेको निद्रा बिग्रिन्छ । भएको छ । रातभरि ओल्टे कोल्टे फर्किँदै समय बित्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

    धेरै वा कम पिसाब आउनु
    सामान्य मानिसले दिनमा ६ देखि ७ पटक पिसाब गर्छन् । तर तपाई यो भन्दा धेरै पटक पिसाब गर्नुहुन्छ वा दिनमा ३ देखि ४ पटक मात्रै पिसाब आउँछ भने यो पनि मिर्गौला फेल हुने लक्षण हुन सक्छ ।

    मानसिक तीक्ष्णतामा कमी
    तपाई सधैँ थकित महसुस गर्नुहुन्छ, मानसिक रूपमा अलर्ट महसुस गर्नु हुन्न । कुनै पनि कुरा सोच्न र बुझ्न कठिनाइ भइरहेको छ भने यो पनि मिर्गौला फेलको लक्षण हुन सक्छ ।

    मांसपेशी बाउँडिने र खुट्टा सुन्निने
    बारम्बार मांसपेशी बाउँडिन्छ र खुट्टा र गोलीगाँठा सुन्निएको छ भने यो पनि मिर्गौला फेल भएको सङ्केत हुन सक्छ ।

    अन्य लक्षणहरू
    यसबाहेक टाटे पाङ्ग्रे देखिने गरिने छाला सुख्खा हुनु, उच्च रक्तचाप नियन्त्रण गर्न समस्या हुनु, सास फेर्न गाह्रो हुने, छाती दुखाई महसुस हुनु आदि पनि मिर्गौला फेल हुनुअघिका लक्षणहरू हुन सक्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij