मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भारतमा भीषण गर्मी, तापक्रम ५० डिग्री पुग्यो

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १६, २०८१



  • काठमाडौं। उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ। मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो। दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन्।

    भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ।

    राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो। यद्यपि, मुंगेशपुर र नरेला मौसम स्टेशनहरू २०२२ मा स्थापना भएका थिए र विगत तीन वर्षको लागि मात्र रेकर्डहरू छन्। आईएमडीले मे ३० पछि गर्मीको लहरबाट राहत पाउन सक्ने बताएको छ।

    आईएमडीले बिहीबार उत्तर-पश्चिम भारतका केही भागहरूमा पश्चिमी विक्षोभको अपेक्षा गरेको छ, जसले सप्ताहन्तमा केही वर्षा हुन सक्छ। उत्तर-पश्चिम र मध्य भारतमा तातो लहरको अवस्था पश्चिमी विक्षोभको अनुपस्थितिलाई श्रेय दिएका छन्।

    भारतको मौसम बिभागका अनुसार, १० मौसम केन्द्रहरूले यस महिनाको सबैभन्दा बढी तापक्रम रेकर्ड गरेको छ-जसमा आगरामा ४८.६ डिग्री सेल्सियस, बिहारको देहरी ४७ डिग्री सेल्सियस, उत्तर प्रदेशको हमीरपुर ४८.२ डिग्री सेल्सियस, उत्तर प्रदेशको झाँसी ४९ डिग्री सेल्सियस सेल्सियस, हरियाणाको नारनौल ४८.५ डिग्री सेल्सियस, अयानगर-दिल्लीको ४७.६ डिग्री सेल्सियस, नयाँ दिल्ली-रिज ४७.५ डिग्री सेल्सियस, मध्य प्रदेशको रीवा ४८.२ डिग्री सेल्सियस, हरियाणाको रोहतक ४८.१ डिग्री सेल्सियस र उत्तर प्रदेशको वाराणसी ४७.२ डिग्री सेल्सियस रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij