शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ग्वारखोलाका माछा संरक्षणमा जुटे स्थानीय

  • प्रकाशित मिति : बिहिबार, भदौ १३, २०८१



  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र १९ क्षेत्रमा पर्ने दुवै वडावासीको संयुक्त प्रयासमा माछा संरक्षण गर्न अभियान थालिएको हो ।

    तुलसीपुर–४ निवासी जितबहादुर थापाको नेतृत्वमा समिति निर्माण गरी माछा संरक्षण थालिएको हो । बर्षातको समयमा ढरिया हालेर माछा मार्दा साना माछाका भुराहरू हराउने भन्दै त्यसो नगर्न अभियान थालिएको अध्यक्ष थापाले बताउनुभयो । “बर्सातको समयमा माछाहरू माथितिर आउने गर्छन्, माथितिर आइरहेका साना माछाका भुराहरूलाई ढरिया हालेर मार्दा सबै माछा सकिने अवस्था आउछ । त्यसैले हामीले यो अभियान थालेका हौँ”, उहाँले भन्नुभयो ।

    यस्तै, हिउँदतिर विषादी हाल्ने, करेन्ट लगाएर माछा मार्ने गरिएकामा यस्ता कार्यलाई पनि नियन्त्रण गरिने योजना रहेको अध्यक्ष थापाले सुनाउनुभयो । “पछिल्लो समय माछा लोप हुने अवस्थामा छन् । यसले गर्दा माछा मारेर जीविकोपार्जन गर्ने बादी समुदायको पेसा पनि सङ्कटमा छ । त्यसलाई पनि मध्यनजर गरी संरक्षण र व्यवस्थापनका काम सँगसँगै अगाडि बढाउने सोच छ”, उहाँले भन्नुभयो ।
    अभियानमा सहयोग नगर्ने, करेन्ट लगाउने तथा विषादी हालेर माछा मार्न थालेमा पहिलो पटकमा रु १० हजार र त्यसपछि पुनःकरेन्ट लगाएमा थप रु १० हजारका दरले जरिवाना लगाउने गरी तयारी गरिएको जनाइएको छ । त्यस्तै ढरिया हालेर माछा मारेमा रु पाँच हजारका दरले जरिवाना लगाउने निर्णय गरिएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    ग्वारखोलामा उत्तरमा रोल्पा र सल्यानको सिमानादेखि दक्षिणमा घोराही–तुलसीपुर सडक पुलबीच क्षेत्रमा माछा संरक्षण अभियान चलाइउको छ । तुलसीपुर–४ को बायोखोला, दद्रेनी तथा तुलसीपुर १९ का कुटीचौर, श्रीचौरका बासिन्दाहरु मिलेर यो अभियान थालिएको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले बताउनुभयो ।

    यसरी माछा संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको र यस अभियानमा स्थानीय सरकारको पनि साथ रहेको उहाँको भनाइ छ । “विगतमा यस क्षेत्रमा विभिन्न जातका माछा पाइन्थे, अचेल त्यो अवस्था छैन । भुर्रा हुँदै मार्ने र बाँचिहालेमा ठूला भएपछि करेन्ट लगाएर, विष हालेर मार्ने समस्या थियो । यो अभियान सञ्चालनपछि त्यो समाधान हुने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij