आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ११, २०८१



  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को बेस्ट प्लेयरले ओमोडा एण्ड जेइको कम्पनीको गाडी पाउने भएको छ ।

    यसका लागि एनपिएल आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार ओमोडा एण्ड जेइकोलाई सहप्रायोजकका रूपमा सम्झौता गरेको छ ।

    क्यानले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणका लागि सह–प्रायोजकको रूपमा ओमोडा एण्ड जेइकोसँग साझेदारी गरेको हो । क्यानका सचिव पारस खड्का र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

    कम्पनीले ओमोडा एण्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भुमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पु¥याउने विश्वास लिएको छ ।

    क्यानका सचिव खड्काले पछिल्लो २०/३० वर्षमा उतारचढाव रहेको नेपाली क्रिकेटमा एनपिएलको आयोजनाले उत्साह ल्याएको उल्लेख गर्दै यो साझेदारीले नेपाली क्रिकेटरमा छुटै उत्साह मिल्ने बताए । आगामी मंसिर १५ गतेदेखि एनपिएल शुरू हुँदैछ ।

    पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुने छ । एनपिएलका खेलहरू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने छन् । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij