मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पत्रकार रजकको लागि न्याय माग्दै वीरगञ्जमा दीप प्रज्वलन

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०८१



  • वीरगञ्ज । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका सञ्चारकर्मी सुरेश रजकको १३ औँ पुण्य तिथिमा नेपाल पत्रकार महासङ्घले वीरगञ्जमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

    महासङ्घको दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधवार वीरगञ्जको घण्टाघरमा आयोजित कार्यक्रममा पत्रकार महासङ्घका पदाधिकारी र सञ्चारकर्मीहरूले दीप प्रज्वलन गरी रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा भएको कार्यक्रममा सञ्चारकर्मीहरूले रजकको मृत्युको न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । रजकको मृत्युको १३ दिन बितिसक्दा पनि घटनाको वास्तविकता बाहिर नआएको भन्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।

    गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आयोजना गरेको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । सोही क्रममा आन्दोलनकारीले एउटा घरमा आगजनी गर्दा रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका क्यामेरा पत्रकार सुरेश रजकको आगलागीमा परेर दुखद निधन भएको थियो ।

    नेपाल पत्रकार महासङ्घले घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणको संज्ञा दिँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

    घटनाले नेपालमा पत्रकारहरूको सुरक्षाको प्रश्न फेरि एक पटक उब्जाएको छ । महासङ्घले आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij