मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

मंगलबार भगवान गणेशको पूजा, गणेशजीलाई लड्डु औधी नै मनपर्छ

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २७, २०८२



  • काठमाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ ।

    मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन हो । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

    शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

    मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहररूमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरूको संख्या बढेर गएको छ ।

    धर्म शास्त्रका अनुसार मंगलबार बर्जित गरिएको काम-

    धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

    गणेशजीलाई लड्डु औधी नै मनपर्छ । यसबारे पद्यपुराणमा उल्लेख गरिएको कथा यसप्रकार छ-

    पूर्वकालमा पार्वतीदेवीलाई देवताहरुले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भत्रुभयो कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

    माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आउनुभयो । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ हुनुभयो । तब गणेशजीले श्रद्धापूर्वक माता-पितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिनुभयो ।

    यो देखेर माता पार्वतीले भत्रुभयो, ‘सबै तीर्थमा गरेको स्नान , सबै देवतालाई गरेको नमस्कार , सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत , मन्त्र, योग र संयमको पालन यीसबै साधनाहरु माता–पिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन ।’

    त्यसकारण गणेशजी सयौं पुत्रहरू र सयौं गणहरूभन्दा पनि धेरै हुनुहुन्छ । त्यसैले उहाँलाई गणनायक पनि भनिन्छ । पार्वतीमाताले भत्रुहुन्छ अतः यो लड्डु म गणेशलाई अर्पण गर्दछु । त्यसकारण यो लड्डुसँग माता-पिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको माता–पिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उहाँको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

    ‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक हुनुहुन्छ । भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो । उहाँ सबै बि’घ्नबाधाहरुको नि’वारक पनि हुनुहुन्छ । उहाँले सबै कार्यहरु निर्बिघ्न गराउनुहुन्छ । भगवान गणेशको अर्कोनाम ‘विनायक’ पनि हो विनायकको अर्थ उहाँको अरु कोही नायक छैन र उहाँनै सर्वश्रेष्ठ नायक हो भत्रे बुझिन्छ ।

    भगवान गणेश सबै शक्तिका श्रोत पनि हुनुहुन्छ । हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच , चिन्तन , धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उहाँ गुणहरुको खानी हुनुहुन्छ । उहाँमा सबै गुण र शक्तिहरु शोभायमान छ । उहाँ देवताहरुमध्ये गुणको देवता हुनुहुन्छ ।

    भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्र

    यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ । १ श्री गणेशाय नमः २- ॐ श्री गणेशाय नमः ३- गं गणपतये नमः ४- ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः ६ – ॐ सिद्धि विनायकाय नमः ७- ॐ गजाननाय नमः ८- ॐ एकदंताय नमो नमः ९- ॐ लंबोदराय नमः १०- ॐ वक्रतुंडाय नमो नमः ११- ॐ गणाध्यक्षाय नमः

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.