शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पक्राउ परिन ‘नक्कली बेहुली’

  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०८२



  • नक्कली बिहे गरि ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले नक्कली बेहुलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

    यसअघि नक्कली बिहे गराउन भूमिका खेलेको भन्दै नक्कली बुवा आमाको भूमिका निर्वाह गर्ने सदाशंकर होटेलका सञ्चालकका दम्पत्ति पक्राउ परेका थिए ।

    दैलेख साबिक साढु गाविस – ३ घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० मा सदाशंकर होटेल सञ्चालन गर्दै आएका ४० बर्षीय गोपालकुमार विक र उनकी श्रीमति ३८ बर्षीया भविसरा रास्कोटी मगर पक्राउ परेका थिए । बिक दम्पत्ति भदौ १७ गते पक्राउ परेका थिए ।

    बिक र मगर मिलेर सामाजिक संजाल फेलबुक लगाएत माध्यबाट बिभिन्न ब्यक्तिहरु संग बिहेको कुरा गर्थे । बिहेको निक्र्यौल भएपछि उनीहरु नक्कली आमा – बुवा बन्थे । नक्कली दुलहीका रुपमा काम गर्ने कर्मचारीलाई छोरी बनाउँथे ।

    विहे पछि विहे बेहुलीले नगद तथा गरगहना लगि वेपत्ता हुन्थिन । ठगीको अनौंठो स्वरुप बारे उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

    अनुसन्धान पछि फरक फरक मितीमा विभिन्न पुरुष व्यक्ति संग एउटै महिलाले बिहे गरेको खुल्न आएको सुर्खेतका प्रहरी प्रबक्ता DSP मोहनजंग बुढथापाले बताए ।

    ‘ फरक फरक मितीमा एउटै महिलाको बिभिन्न ब्यक्तिहरु संग बिहे गरेको खुल्छ,’ बुढथापाले भने ‘ त्यसरी विहे गरी वा गराइ ठगी गरेको तथ्थ अनुसन्धानबाट खुल्यो ।’

    पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी पछि ठगी गर्ने मध्यका दुई जनालाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका व्यक्तिहरुलाई अपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइ रहेकको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij