शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हमास र इजरायलबीच पहिलो चरणको शान्ति योजनामा सम्झौता, सबै बन्धककाे छिट्टै रिहाइ गरिंने अनुमान

  • प्रकाशित मिति : बिहिबार, अशोज २३, २०८२



  • एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेकाे बताउनुभएकाे छ।

    राष्ट्रपति ट्रम्पले बुधबार राति सामाजिक सञ्जालमार्फत साेही सम्झौता अन्तर्गत सबै बन्धक छिट्टै रिहाइ गरिने बताउनुभएकाे हाे। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने, यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभएकाे छ।

    उहाँले भन्नुभयाे,-‘यो अरब र मुस्लिम विश्वका लागि, इजरायलका लागि, वरिपरिका सबै देशका लागि र संयुक्त राज्य अमेरिकाका लागि महान दिन हो । हामी यस ऐतिहासिक र अभूतपूर्व घटनालाई सफल बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिन्छौं।’

    राष्ट्रपति ट्रम्पले अन्त्यमा आफ्नो पहलले सार्थकता पाएकोमा खुशी हुँदै शान्ति गर्नेलाई धन्य समेत भन्नुभएकाे छ । साेही सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।

    सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेर करिब १ ह जार २ सयको मृत्यु भएकाे थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार प्यालेस्टाइन नागरिकहरुकाे मृत्यु भएकाे छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij