आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

३१ जना फरार प्रतिवादी पक्राउ

  • प्रकाशित मिति : आइतवार, बैशाख २०, २०८३



  • जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई तिब्र बनाएको छ । अभियान अन्तर्गत पछिल्लो ७ दिनमा विभिन्न मुद्दामा फरार रहेका ३१ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी चेक अनादर मुद्दाका १३ जना रहेका छन् । कुटपिट मुद्दाका ५ जना छन् ।

    बाँकी प्रतिवादीहरू चोरी, लागूऔषध तथा वनसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको थियो ।

    सोही अभियानअन्तर्गत विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सबैलाई सम्बन्धित अदालतमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । साथै, फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij