शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

सुदूरपश्चिमसहित-५ प्रदशेमा आज वर्षा र हिमपात हुँदै

  • प्रकाशित मिति : सोमवार, बैशाख २१, २०८३



  • काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

    साेमबार बिहान मधेश प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । साथै तराई भू-भागमा आंशिक बादल लागेको हाे । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको महाशाखाले जनाएकाे छ।

    त्यस्तै, सोमबार दिउँसाे भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। सुदूरपश्चिम, लुम्बिनी प्रदेश र बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

    त्यस्तै, साेमबार राति देशैभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली-सुदूरपश्चिम र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे। लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij