शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

पूर्वअध्यक्ष गोल्छा फेरी प्रहरीकाे नियन्त्रणमा

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २२, २०८३



  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

    सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतबाट बाहिर निस्कन नपाउँदै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। यसअघि सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धितोपत्र सम्बन्धी मुद्दामा उनलाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको थियो । तर अदालतले उनलाई हिरासतमा राख्ने प्रक्रियामा कानुनी त्रुटि भएको ठहर गर्दै परमादेश जारी गरेको थियो ।

    अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ ९१० अनुसार अभियुक्त फरार हुन सक्ने वा बिगो हानी–नोक्सानी देखिएको अवस्थामा मात्र धरौटी वा जमानत माग गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो । सोही कानूनी आधार पालना नगरी उनलाई हिरासतमा राख्ने निर्णय भएको भन्दै जिल्ला अदालतको आदेश बदर गरिएको थियो ।

    त्यसपछि गोल्छाले धितोपत्र मुद्दामा धरौटी बुझाएर रिहा पाएका थिए। तर, रिहा हुने क्रममा नै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij