शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

डा रिजाल चिकित्सक सङ्घको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो कार्यसमिति

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २२, २०८३



  • काठमाडौँ । नेपाल चिकित्सक सङ्घमा डा बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ । आज सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए ।

    डा रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए ।

    वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी र महासचिवमा डा विश्वराज दवाडी विजयी भएका हुन् । यस्तै उपाध्यक्षतर्फ कोशीबाट डा रोशन खड्का, मधेसबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई, गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन् ।

    कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् । सदस्यहरूमा डा अमित झा, डा राकेश शाह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका छन् ।

    सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो ।

    निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij