बुधबार, अशोज २१, २०८३ | Wednesday 7th October 2026

देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना

  • प्रकाशित मिति : सोमवार, अशोज १९, २०८३



  • काठमाडौँ। देशका विभिन्न भू-भागमा पश्चिमी तथा मनसुनी वायुको दोहोरो आंशिक प्रभाव रहेकाले आज देशभर आंशिकदेखि साधारणतया बदली रही हिमाली, पहाडी तथा तराईका कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायु र पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै सिङ्गो तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बादल लाग्ने जनाइएको छ।

    मौसममा आएको यस परिवर्तनका कारण आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रका भने एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

    यसैगरी आज राति पनि मौसममा बदली कायम रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ५६ थान मोबाइलसहित २ जना प क्रा उ
    सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ
    २४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते
    नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
    रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै बेपत्ता
    विदेशी मुद्राको विनिमयदर कति ?
    देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
    राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij