बुधबार, अशोज २१, २०८३ | Wednesday 7th October 2026

राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

  • प्रकाशित मिति : सोमवार, अशोज १९, २०८३



  • काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा प्रयोग हुने २ रुपैयाँ दरका ३० करोड थान सिक्का टकमारी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पूर्व-योग्य सुरक्षात्मक मिन्टिङ कम्पनीहरूबाट सिक्काको डिजाइन, टकमारी, आपूर्ति र डेलिभरीका लागि सिलबन्दी बोलपत्र मागेको हो।

    इच्छुक पूर्व-योग्य बोलपत्रदाताले राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार विभागबाट कात्तिक १७ गतेसम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्।

    यसका लागि गैरफिर्ता हुने गरी २० हजार नेपाली रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो दस्तुर तोकिएको छ। बोलपत्र प्रक्रियाबारे आवश्यक जानकारी दिन र सम्बन्धित विषयमा छलफल गर्न राष्ट्र बैंकले असोज ३० गते दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्व-बोलपत्र बैठक आयोजना गर्दैछ।

    प्रक्रियामा सहभागी हुने बोलपत्रदाताले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखी कात्तिक १८ गते दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा पेस गरिसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिनेछ।

    आवेदन पेस गर्दा न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ वा अन्य मुद्रा धरौटीबापत राख्नुपर्नेछ, जसको म्याद कम्तीमा १५० दिन अर्थात् आगामी चैत २० गतेसम्म कायम हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ५६ थान मोबाइलसहित २ जना प क्रा उ
    सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ
    २४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते
    नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
    रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै बेपत्ता
    विदेशी मुद्राको विनिमयदर कति ?
    देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
    राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij