बिहिबार, अशोज २९, २०८३ | Thursday 15th October 2026

दशैंका लागि अग्रिम टिकट काट्नेको संख्या १ लाख ३० हजार नाघ्यो, २४ घण्टामा ७८ हजारभन्दा बढी बाहिरिए समाचार कमेन्टमा

  • प्रकाशित मिति : बुधबार, अशोज २८, २०८३



  • काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्ना घर फर्कने यात्रुहरूको चाप बढेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्किन थालेका छन्।

    काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौंका विभिन्न नाका हुँदै मंगलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको जानकारी दिए।

    घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनको प्रयोग गरेर १ लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, र असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।

    काठमाडौंबाट दशैं मनाउनका लागि फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका छन्।

    दशैंका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए।

    दशैंको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको उनले बताए।

    असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौंदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमा रोकिँदा समस्या भएको थियो।

    हालसम्म १ लाख ३० हजार १२९ यात्रुले दशैंका लागि अग्रिम टिकट बुकिङ लिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्।

    यातायात महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरे।

    दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
    औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
    दशैंका लागि अग्रिम टिकट काट्नेको संख्या १ लाख ३० हजार नाघ्यो, २४ घण्टामा ७८ हजारभन्दा बढी बाहिरिए समाचार कमेन्टमा
    प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन
    दशैँ मनाउन उपत्यकाबाट फर्किने यात्रुको चाप: २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
    दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस्!
    आजको राशिफल
    नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः IGP कार्की
    अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’
    बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Ko se po dolgem dnevu vrnemo domov, si želimo hitre, okusne in zdrave jedi, zato je vredno to temo podrobneje raziskati. kako pripraviti marinirane Jeseni pripravite bučno pico s sirom Jeseni dodajte za sočnejše meso Ko zjutraj odpremo hladilnik, hitro opazimo, koliko živil je še pri roki. Iz njih lahko pripravimo preprost, hranljiv obrok, dodamo sezonsko zelenjavo in z malo domišljije popestrimo vsakdanji jedilnik.