मङ्लबार, अशोज २७, २०८३ | Tuesday 13th October 2026

अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

  • प्रकाशित मिति : सोमवार, अशोज २६, २०८३



  • काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित नेपाली राजदुत चिरनजंग थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    सोमवार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै थापाले नेपालको राष्ट्रिय हित र कुटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताउनुभएको हो । थापाले अमेरिकामा कन्सुलर सेवाको भारलाई व्यवस्थापन गर्न नविनतम उपाय अपनाउने योजना सुनाउनुभयो ।

    उहाँले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै आवश्यक परे बिदाको दिनमा पनि सेवा प्रवाह गर्न र बजेट व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो ।

    अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली नागरिक र त्यहाँको डायस्पोराको बलियो सञ्जाललाई नेपालको विकास र सांस्कृतिक सम्पदा फिर्ता ल्याउने कार्यमा उपयोग गरिने उहाँको भनाइ छ ।

    सुरक्षा सहयोगका सन्दर्भमा थापाले संयुक्त राज्य अमेरिकाले दिँदै आएको सहयोगको प्रशंसा गर्दै त्यसलाई नेपालको आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्ने जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय प्रविधि र साइबर सुरक्षा क्षेत्रमा देखिएका चुनौती सामना गर्न प्रविधि हस्तान्तरणमा विशेष पहल गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपाल सरकारको निर्देशन र गाइडलाइन्सभित्र रहेर पिस किपिङ र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा अमेरिकी सहयोगलाई अझ प्रभावकारी बनाउन म सक्रिय हुनेछु । नेपालको राष्ट्रिय हितभन्दा ठूलो अरू केही हुँदैन । मलाई कुनैपनि संस्था वा व्यक्तिसँगको सम्बन्धले मेरो कुटनीतिक कार्यमा बाधा पुर्‍याउने छैन ।’

    अमेरिकामा आफू पढ्दा र काम गर्दा बनाएका व्यक्तिगत सम्पर्कहरूलाई कुटनीतिक पहुँच विस्तार गर्न र दुई देशबीचको उच्चस्तरीय भ्रमणको वातावरण तयार पार्न प्रयोग गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

    कुटनीतिलाई ‘सम्झाउने र मनाउने कला’ भन्दै आफ्नो अनुभव र कुटनीतिक सञ्जालको अधिकतम उपयोग गरेर नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिज्ञा गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः IGP कार्की
    अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’
    बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
    आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
    देशका हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
    बाढी-पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित: गोरखा-धादिङ सडक पूर्ण अवरुद्ध
    नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
    DIGP ओम अधिकारीद्वारा इलाका प्रहरी कार्यालय कोल्हवीको निरीक्षण तथा समसामयिक विषयमा अन्तरक्रिया
    महाकाली नदीमा बगेर सशस्त्र प्रहरीका असई बेपत्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne fonctionnent pas toujours en cuisine : chaque restaurant et chaque café a ses propres méthodes. Pour mieux comprendre ces recettes, il vaut la peine d'examiner le sujet plus en détail. Évitez le mauvais rangement des concombres Four chaud, crêpes aux pommes fondantes Un steak brun n'est pas cuit astuces pour sauce miel-piment et conservation au réfrigérateur, concombres marinés express Les conseils des proches ne fonctionnent pas toujours : pour réussir une recette de restaurant ou de café, mieux vaut peser chaque ingrédient, respecter les températures et ajuster l'assaisonnement en fin de préparation.