मङ्लबार, अशोज २७, २०८३ | Tuesday 13th October 2026

बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

  • प्रकाशित मिति : सोमवार, अशोज २६, २०८३



  • काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रश्तावित नेपाली राजदुत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    सोमवार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै पूर्वप्रधानसेनापति समेत रहनुभएका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गर्नुभएको हो ।

    जबराले आफूलाई सेनाको पूर्व नेतृत्वकर्ताका रूपमा मात्र सिमित नराखी नेपाल सरकार र नेपाली जनताको प्रतिनिधि भएको बताउनुभयो । सन् १८१६ देखि कायम नेपाल–बेलायत कुटनीतिक सम्बन्धलाई २१ औँ शताब्दीको आवश्यकताअनुसार नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने गरी अघि बढाउने उहाँले बताउनुभयो ।

    जबराले आफ्नो कार्यकालका लागि पाँच मुख्य प्राथमिकता तय गर्नुभएको छ । पहिलो, आर्थिक कुटनीति अन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने, दोस्रो, हरित अर्थतन्त्र, हिमाली जैविक विविधता र वातावरणीय संरक्षणका क्षेत्रमा साझेदारी गर्ने, तेस्रो, बेलायतस्थित नेपाली समुदायलाई नेपालको विकासका लागि ‘सेतु’का रूपमा परिचालन गर्ने,चौथो, संसदीय तथा सार्वजनिक कूटनीतिलाई व्यापक बनाउने, र पाँचौँ, ब्रिटिस गोर्खा सैनिकसँग जोडिएका विषयहरूलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्राथमिकता रहेका छन् ।

    आफ्नो लामो सैनिक सेवाकाल र अनुभवले बेलायतसँगको सम्बन्धलाई थप उचाईमा पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘संस्थागत निरन्तरता र राष्ट्रिय हितको प्रवद्र्धन नै मेरो मुख्य ध्येय हुनेछ ।’

    बेलायतसँगको गोरखा सम्बन्धलाई सम्मान गर्दै उहाँले आफ्नो सैन्य पृष्ठभूमि र रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कुटनीतिमा सहजता ल्याउने संकेत गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः IGP कार्की
    अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’
    बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
    आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
    देशका हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
    बाढी-पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित: गोरखा-धादिङ सडक पूर्ण अवरुद्ध
    नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
    DIGP ओम अधिकारीद्वारा इलाका प्रहरी कार्यालय कोल्हवीको निरीक्षण तथा समसामयिक विषयमा अन्तरक्रिया
    महाकाली नदीमा बगेर सशस्त्र प्रहरीका असई बेपत्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne fonctionnent pas toujours en cuisine : chaque restaurant et chaque café a ses propres méthodes. Pour mieux comprendre ces recettes, il vaut la peine d'examiner le sujet plus en détail. Évitez le mauvais rangement des concombres Four chaud, crêpes aux pommes fondantes Un steak brun n'est pas cuit astuces pour sauce miel-piment et conservation au réfrigérateur, concombres marinés express Les conseils des proches ne fonctionnent pas toujours : pour réussir une recette de restaurant ou de café, mieux vaut peser chaque ingrédient, respecter les températures et ajuster l'assaisonnement en fin de préparation.