प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५
क्यारोलिना। दक्षिण क्यारोलिनाको चाल्र्सटना बस्ने स्टिफन डेअर्नोलाई २०१७ मा आफ्ना मातापिताको खराब स्वास्थ्यका कारण आफ्नो घर छोडेर शहरमा सर्नुपर्यो । कोस्टगार्डको जागिरबाट रिटायर भएका ५६ वर्षका स्टिफनसँग अपार्टमेन्टमा बस्न पुग्ने पैसा थिएन । उनका मातापिताको घर निकै सानो थियो । त्यसैले उनले घरबारविहीनहरुको लागि बनेको शेल्टर होममा सर्ने फैसला गरे ।
संयोगले एक सामाजिक कार्यकर्ताले उनलाई वन–८० नामको आश्रयघरमा बस्ने व्यवस्था मिलाइदिए । यहाँ बस्नुका अलावा मानिसहरुलाई स्वरोजगारीको तालिम दिने व्यवस्था पनि थियो । स्टिफनले यहाँ पकाउने तालिम लिने सोचे । उनलाई सानैदेखि पकाउन रुचि पनि थियो । स्टिफनले काम सिक्दै जाँदा एक रेष्टुरेण्टका मालिक रोल्याण्ड फिल्डम्यानको नजर स्टिफनमाथि पर्यो । रोल्याण्डले उनलाई आफ्नो रेष्टुरेण्टमा काम दिए ।
गएको नोभेम्बरमा काम गर्दै जाँदा स्टिफनबाट यस्तो गल्ती भयो जसले उनको भाग्य नै चम्काइदियो । कर्नब्रेड बनाउँदै गर्दा उनले यसमा बटरको सट्टामा क्रिम हाले । उनलाई लाग्यो कि यो गल्तीका कारण उनलाई जागिरबाट निकालिनेछ । तर, रोल्याण्डले उनलाई त्यसलाई ओभनमा राख्न भने ताकि त्यसबाट के बन्छ ? जब क्रिमबाट बनेको कर्नब्रेड पाकेर निकालियो त्यो न केवल पहिलेभन्दा मुलायम थियो, त्यसको स्वाद पनि बढेको थियो । उनका साथहिरुले पनि जब यसलाई चाखे उनीहरु दंग परे कि कर्नब्रेड यति स्वादिलो कसरी बन्यो ?
रोल्याण्ड त यति खुसी भए कि उनले स्टिफनलाई आफ्नो रेष्टुरेण्टमा साझेदार बनाए । अहिले स्टिफल रेवरेण्ड कर्नब्रेडका मालिक हुन् । स्टिफनले यसका बावजुद त्यो ठाउँलाई बिर्सेका छैनन् जहाँबाट उनले यो अवसर पाएका थिए । अहिले उनी नियमित रुपमा त्यो शेल्टर होममा कुकिङ सिकाउन जान्छन् । जाँदा आफ्नो फुड ट्रकमा त्यहाँ बस्नेहरुका लागि खाना लिएर जान्छन् । यसका अलावा उनको आफ्नो घर पनि किनेका छन् । उनले मातापिताको पनि ध्यान राखिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij