मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महिनावारी रोकिनु अगाडि गर्भवती भएको कसरी थाहा पाउने ?

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५



  • महिलाहरु गर्भवती भएको मुख्य सूचक हो महिनावारी रोकिनु । तर, गर्भ बोकेको केही हप्ता बितिसकेपछि मात्रै महिनावारी रोकिन्छ ।

    जब एग फर्टिलाइज भएर यूटरसमा प्रत्यारोपित हुन्छ, अनि महिला गर्भवती हुन्छिन् । यो घटना महिनावारी रोकिनुभन्दा निकै अगाडि हुन्छ । त्यसो भए महिनावारी रोकिनु अगावै गर्भवती भएको

    कसरी थाहा पाउने ?खासमा गर्भावस्थाको प्रारम्भिक चरणमा नै धेरै किसिमका लक्षणहरु देखिएका हुन्छन् । यिनीहरुलाई बुझ्न सके गर्भ रहेको पत्ता लगाउन सहज हुन्छ । हामी यहाँ ती संकेतहरुबारे चर्चा गर्दैछौं ।

    स्तनमा परिवर्तन
    गर्भधारण गरेको १-२ हप्तामा नै स्तनमा परिवर्तन देखिन थाल्छ । यस दौरान स्तनमा दुखाई, भारीपन तथा आकार ठूलो हुन सक्छ ।

    शरीरको तापक्रममा फरक
    जब हामी आरामको अवस्थामा हुन्छौं त्यतिबेलाको हाम्रो शरीरको तापमानलाई ‘बेसल बडी टेम्परेचर’ भनिन्छ । महिनावारीका क्रममा यो तापमान बढ्छ तर, गर्भावस्थाका दौरान बीबीटी बढेको बढ्यै हुन्छ । त्यसैले तपाईंले आफ्नो शरीरको तापमानमा ध्यान दिनुपर्छ ।

    हल्का रक्तश्राव
    यदि तपाईंको मासिक धर्म नियमितरुपमा २८ दिनको साइकलमा हुन्छ भने गर्भ रहेको बेला २०-२४ दिनदेखि नै हल्का रक्तश्राव हुन थाल्छ । यसलाई इम्प्लान्टेसन ब्लिडिङ पनि भनिन्छ ।

    थकावट
    गर्भावस्थाका सुरुवाति दिनहरुमा प्रोजेस्टेरोन हार्मोनको विकास हुन्छ । यसको कारणले थकाइ लाग्ने, निद्रा लाग्ने हुन थाल्छ । यसको साथै यी दिनहरुमा टाउको दुख्ने, कमर दुख्ने समस्याहरु पनि हुन्छन् ।

    बारम्बार पिशाब लाग्नु
    बारम्बार पिशाब लागिरहनु पनि गर्भावस्थाको एउटा लक्षण हो । खासगरी राति सुतेको बेला धेरै पिशाब लाग्छ ।

    खाना मिठो नलाग्नु
    यतिबेला तपाईंलाई पहिले अत्यधिक मन पर्ने खानेकुरा रुच्न छोड्छ । त्यसको बास्ना र स्वाद मन पर्दैन । लगभग ८५ प्रतिशत महिला सुरुवाती ३ महिनामा यस्तो स्थितिबाट गुजि्रन्छन् ।

    चक्कर लाग्नु
    गर्भावस्थाका दौरान रक्तचाप कम हुन्छ । यसले गर्दा चक्कर लागिरहन्छ । सुरुवाति तीन महिनामा यस्तो अत्यधिक हुन्छ । दोस्रो त्रैमासिकमा रक्तचाप सामान्य अवस्थामा आउँछ ।

    मुड चेन्ज तुरुन्तै
    प्रेग्नेन्सीका क्रममा हार्मोनल चेन्जहरु हुन्छन् जसले दिमागको न्यूरोट्रान्समिटर्समा प्रभाव पार्छ । यसले गर्दा अचानक रुने, अचानक रिस उठ्ने वा अचानक खुशी हुने स्वभाव देखापर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij