मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हाम्रो भान्सामा छ मूल्यवान् ओखती, यसरी चिनौं

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५



  • हाम्रो भान्समा थरीथरीका मरमसला हुन्छन्, जसलाई स्वादको लागि प्रयोग गर्छौ । ति मरमसलामा स्वाद मात्र होइन, औषधिय गुण पनि हुन्छ । तर, प्रयोग गर्न भने जान्नुपर्छ ।

    बेसार, अदुवा, टिमुर, लसुन, प्याज, ज्वानो, जिरा, मेथी, नुन लगायतका औषधिय गुणले भरिपूर्ण हुन्छन्।

    कति रोगमा यिनीहरुको प्रभावकारिताबारे शास्त्रीय एवं वैज्ञानिकरुपमा प्रमाणित भएको छ। आयुर्वेद चिकित्साका ग्रन्थहरुमा पनि यी जडिबुटीहरुको बारेमा स्पष्ट व्याख्या गरिएको छ।

    आयुर्वेद चिकित्सामा केही औषधिहरुमा यिनीहरुको केही सम्मिश्रण हुन्छ र साथै अन्य औषधिहरुसँग मिलेर काम गर्न सक्ने भएकोले बिरामीलाई सँगै मिलाएर प्रयोग गर्न सल्लाह दिइन्छ। तसर्थ यी जडिबुटीको प्रभावकारिता एवं यिनीहरुको प्रयोगसम्बन्धी जानकारी दिने प्रयत्न गरिएको छ।

    भान्सामा प्रयोग हुने जडिबुुटीको प्रभावकारिता
    बेसार
    यसमा पाइने रासायनिक तत्व करक्यूमिन एन्टिअक्सिडेन्ट, एन्टीइन्फलामेशन (सुजन हुनबाट रोक्न) को लागि प्रभावकारी मानिएको छ । बेसारले शरीरको कोषको आकारलाई बढ्न नदिने र उक्त कोषहरु अर्को अङ्गमा फैलिने नदिने क्यान्सरविरुद्ध प्रभावकारी काम गर्दछ । परम्परागत रुपमा बेसारलाई घाउमा राख्ने, खसी काटिसकेपछि तेल र बेसार लगाउने प्रचलन पनि हाल आएर सही प्रमाणित भएको छ ।

    आयुर्वेद चिकित्सामा छालाको रोगहरुमा बाहृय एवं आन्तरिक प्रयोगको लागि ज्यादै प्रभावकारी मानिएको छ । रक्तनलीभित्र जम्ने बोसो (कोलेस्ट्रोल) कम गर्न प्रभावकारी देखिएको छ । यीबाहेक जीवनशक रक्तस्राव रोक्न, रगतको कमी एवं जन्डीसमा रोगीको अवस्था हेरेर प्रयोग गर्न सल्लाह दिइन्छ ।

    अदुवा
    यसमा पाइने जिङ्गीवारिन र विसावोलिन रासायनिक तत्वले मुट एवं रक्तनलीमा जम्मा भएको बोसायुक्त तत्वलाई – कोलेस्ट्रोल) पगाल्न मदत गर्छ । रक्त रञ्चार क्रियालाई व्यवस्थित राख्छ । उल्टी रोक्ने, गाडीमा चढ्दा हुने रिङ्गटा र खाद्य विषाक्तमा प्रभावकारी मानिएको छ । आयुर्वेद चिकित्सामा श्वास प्रश्वास एवं जोर्नीसम्बन्धी रोगहरुमा प्रयोग गरिने औषधिको साथमा अदुवाको रस प्रयोग गर्ने सल्लाह दिइन्छ ।

    टिमुर
    यसका विभिन्न जातिहरु भए तापनि अरमेटम जाति नेपालमा पाइन्छ । दाँतको दुखाई कम गर्न प्रयोग गरिन्छ । दाँत, मुख र घाँटीको संक्रमण एवं दुखाइमा प्रभावकारी छ । बजारमा पाइने जडिबुटीबाट निर्मित दन्तमन्जनहरुमा टिमुरको समिश्रण पाइन्छ । आयुर्वेद चिकित्सामा रस बनाएर दाँत र घाँटी कुल्ला गर्ने सल्लाह दिइन्छ ।

    लिनालोल, लाइमोनिनलगायत अन्य रासायनिक तत्व यसमा भएकोले संक्रमण नाश गर्न र पीडा कम गर्न महत्वपूर्ण भूमिका खैल्छन् । साथै पाचन अङ्गका ग्रन्थीहरुबाट रस निकाल्न मदत गर्ने भएकोले पेटको पीडा, अजीर्ण र ग्यास हटाउन यसका विभिन्न सम्मिश्रणयुक्त औषधिहरु प्रयोग गरिन्छ ।

    मेथी

    यसमा पाइने डाइसोजेनिन रसायनले आमाशयको घाउ हुनबाट जोगाउने भएकोले आयुर्वेद चिकित्सकहरुले अम्लपित्त एवं पेट फुलेको अवस्थामा मेथीको प्रयोग गर्न सल्लाह दिन्छन् । हालै भएको एक अध्ययन अनुसार मधुमेह (चिनी रोगमा ) यसको प्रयोगबाट ग्लुकोजको मात्रा कम देखिएको पाइएको छ । परम्परादेखि चिनी रोगीहरुले मेथीको रस खाने बानीलाई पनि यस अध्ययनले पुष्टि गरेकेा छ।

    प्रयोग विधि

    यी औषधी प्रभावकारी रुपले प्रयोग गर्नका लागि त्यसको सही प्रयोग हुन पनि उत्तिकै आवश्यक छ।

    प्रयोग विधिः

    -सामान्य परिस्थितिमा ३ देखि ५ ग्राम शुद्ध बेसार खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ। जबकी मृगौला एवं पित्त थैलीको पत्थरी हुनेहरुले बेसार प्रयोग गर्नुहुँदैन किनकि यसमा अत्यधिकमात्रामा क्याल्सियम रहेको हुन्छ

    -जोर्नी, श्वास प्रश्वास एवं पाचन अङ्गहरुको समस्याहरुमा दिनमा दुुईपटक २ देखि ३ ग्राम अदुवाको प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । तर मुटु रोगीहरु तथा पित्त थैली एवं मृगौलाको पत्थरी भएको अवस्थामा भने अदुवाको प्रयोग गनु हुँदैन।

    -टिमुरको तेलको प्रयोग दाँत तथा बाहय पीडा कम गर्न प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । त्यस्तै, मुख सुख्खा भएमा एक दुईवटा टिमुरको दाना दिनमा तीनदेखि चार पटकसम्म चुस्न सल्लाह दिने गरिन्छ ।

    -मेथीको धुलोलाई वाह्य एवं भित्री रुपमा एवं जेलको रुपमा प्रयोग गरिन्छ । यिनीहरुको प्रभावकारीता भए पनि पाश्र्व प्रभाव नभएको भने होइन।

    कहिलेकाहि मेथीको तीतोपनलाई कम गर्न अत्यधिक चिनीको प्रयोग गर्दा चिनी रोगीहरुलाई असर गने हुदाँ यसबारे ध्यान दिन आवश्यक छ । त्यस्तै, रगतमा अत्यधिक मात्रामा ग्लुकोज भएमा मेथीको पानी खाएर मात्रै बस्नुहुदैन । चिकित्सकसँग परामर्श गर्न जरुरी छ । मेथी तरकारीमा प्रयोग गर्ने भन्दा बढी स्तनपान गराउने वा गर्भवती महिलाले प्रयोग गर्नु हुँदैन ।

    तसर्थ यी जडिबुटीहरु प्रयोग गर्दा गर्भावस्था, स्तनपान बच्चाहरुको स्थिति पनि ख्याल गर्नुपर्दछ । राम्रो सँग नजचाइकन यी जडिबुटीहरु प्रयोग गर्दा शरीरमा असर गर्छ भन्ने कुरालाई पनि ख्याल राख्नु पर्छ । कुनै स्वास्थ्य समस्या आउनासाथ परामर्श लिएर मात्र जडिबुटी एवं यसबाट निर्मित औषधिहरु सेवन गर्नु उपयुक्त हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij