मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कन्काई सिंचाइ आयोजनालाई जापानले प्राविधिक सहयोग गर्ने

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • झापा । झापामा रहेको कन्काई सिंचाइ आयोजनालाई व्यवस्थित बनाउन जापानले प्राविधिक सहयोग गर्ने भएको छ ।

    उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका) र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको सिंचाइ विभागबीच प्राविधिक सहयोगका विषयमा सम्झौता भएको हो ।

    जापानको प्राविधिक टोलीले आगामी अप्रिलदेखि कनकाई सिंचाइ प्रणालीलाई प्राविधिक सहयोग गर्ने कन्काई सिँचाइ व्यवस्थापन डिभिजन गैंडेका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

    जाइकाले अब कन्काईमा पाँच वर्षसम्म निःशुल्क प्राविधिक सहयोग गर्नेछ ।

    जाइकाले यहाँ ब्लक टु ब्लक पानी लैजानका लागि पानी मापन गर्ने संरचना निर्माण, हेडवक्र्स, मूल नहर, शाखा र प्रशाखा निर्माण तथा मर्मत, किसानलाई आधुनिक प्रणाली अन्तर्गत खेती गर्न प्राविधिक सहयोग गर्नेछ ।

    जापानले प्राविधिक सहयोग मात्र गर्ने भएकाले भौतिक संरचना निर्माणमा भने नेपाल आँफैले गर्नुपर्ने सिँचाइ प्रमुख यादवले जानकारी दिए ।

    ५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने प्रणाली देशभर २४ वटा रहेका छन् ।

    कनकाई सिंचाइ प्रणालीले ७ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij