मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विद्यार्थी मृत्युको घटनामा कलेज परिवार दुःखी : ब्रिटिश कलेज

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • काठमाडौं । एक महिना अघि अन्तर्राष्ट्रिय भ्रमणका क्रममा दुबईको समुद्रमा पौडी खेल्दा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमा गरिएको समाचार सम्प्रेषणप्रति ‘द ब्रिटिश कलेज’ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    थापाथली, काठमाडौंस्थित कलेजले एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका २० वर्षिय विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा नकारात्मक तवरले प्रचारबाजीमा उत्रेको स्पष्ट पारेको हो ।

    श्रेष्ठका बाबु महेन्द्रले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिश कलेजले लिनुपर्ने बताउँदै आएका छन् । उनले भने, ‘कलेजको लापरवाहीकै कारण मेरो छोराको निधन भएको हो । त्यसैले कलेजले जिम्मेवारी लिनुपर्छ ।’

    कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने विज्ञप्तिमा जनाइएको छ ।

    यसै सन्दर्भमा गत १२ फेब्रुअरीमा २६ जना विद्यार्थीको समूह दुबई भ्रमणमा गएको र सोही क्रममा विद्यार्थी गौरव श्रेष्ठको समुद्रमा पौडि खेल्दा उनको ज्यान गएको थियो ।

    डुबेको देख्ने बित्तिक लाइफगार्डहरुले पानीबाट निकालेर प्राथमिक उपचार र (सीपीआर) पनि दिएका थिए । साथै उनलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको थियो ।

    तर, दुर्भाग्यवश अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको अस्पतालले जानकारी दियो । समुद्रमा पौडी खेल्न सख्त मनाही गर्दागर्दै श्रेष्ठ पौडिन गएको र सोही कारण उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कलेजले भनेको छ,‘यस निधनले कलेजको सम्पुर्ण परिवार शोकमा डुबेको छ र परिवारलाई हाम्रो हार्दिक समवेदना छ ।’

    विद्यार्थीलाई कलेजले लैजाने शैक्षिक भ्रमण अनिवार्य नभई ईच्छुक विद्यार्थीहरूको लागि मात्रै भएको समेत कलेजले जनाएको छ ।

    दुर्घटना लगत्तै कलेजले कुनै कसर बाँकी नराखी जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेको थियो ।

    घटनाको जानकारी पाउने बित्तिकै कलेजका सिइओ अफ्रिकाको भ्रमण तुरुन्तै रद्द गरेर फेब्रुअरी १६ को बिहानै ५ः३० (स्थानीय समय) मा घटनास्थलतर्फ पुगेका थिए ।

    सोही समयमा घटनाको प्रभावकारी अनुसन्धानको लागि दुबईमा थप ३ जना व्यक्ति परिचालन गरियो भने नेपालमा पनि कलेजका उच्च पदस्थ व्यक्तिहरु प्रिन्सिपल, डिन र अप्रेसन डाइरेक्टर सहितको ३ जनाको समूह पनि निर्माण गरियो ।

    तत्कालै मृतक विद्यार्थीको नजिकको आफन्त धिरज श्रेष्ठलाई कलेजकै खर्चमा दुबई पठाइयो । तथ्य कुरा थाहा होस् भनेर विद्यार्थीका आफन्त धिरजलाई त्यहाँ पठाइएको थियो ।

    विद्यार्थीको मृत्युपश्चात कलेजको विशेष पहलमा गौरवको शव १ हप्तामै नेपाल ल्याउने सम्भव भएको थियो । अन्यथा ३–४ हप्ता लाग्नु सामान्य नै मान्ने गरिन्छ ।

    यी सबै कुरा सम्भव गर्न कलेजको तर्फबाट ठूलै धनराशी खर्च भएको छ । र विद्यार्थीको मृत्युले कलेज परिवार समेत अत्यन्त दुःखी भएको बताउँदै अनर्गल प्रचारबाजी नगर्न मृतक विद्यार्थीको परिवारलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

    विद्यार्थीको मृत्यु अन्य कारणले भएको भए सम्बन्धित व्यक्तिहरू दुबई प्रहरीको कारवाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने जानकारी समेत विज्ञप्तिमा गराइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij