मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बलात्कारीलाई आजीवन कारावासको माग

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • वीरगञ्ज । केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।

    प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले रासससँगको कुराकानीमा फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको छ भने ।

    उक्त कानूनलाई कार्यान्वयनमा ल्याउन प्रहरी र सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको जानकारी दिँदै उनले यस्ता घटनाको अनुसन्धान चाँडो गर्न र कसुरदारलाई कानून बमोजिम सजाय दिन छलफल भई रहेको बताए ।

    विगत छ महीनामा १३६ चेलीबेटी बलात्कारको सिकार भएपछि प्रदेश सरकारले यसतर्फ चासो बढाएको हो । प्रदेश प्रहरीका अनुसार १० वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कारको सिकार भएका थिए ।

    सो अवधिमा ६८ बलात्कारको प्रयाससम्बन्धी घटनामा ७६ जनामाथि कारबाही चलाइएको प्रहरीले जनाएको छ ।

    उक्त कानूनको प्रभावकारी कार्यान्वयन नहुनाले अपराधीको मनोबल बढ्दै गएको र कतिपय घटना गाउँघरमै मिलाउने गरेको पाइएको छ ।

    जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार अहिले पनि आरोपीमध्ये ८० प्रतिशत फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij