प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५
नयाँ दिल्ली । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन्।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले यस्तो बताएका हुन्।
उनले भने, ‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ। सम्बन्ध गतिशिल बनाउनुपर्छ। भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।
फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे। उनले भने, ‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं। निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij