प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५
काठमाडौँ । नजिकिँदै गएको ुहोलीु पर्वलाई लक्षित गरेर नयाँ गीतहरू सार्वजनिक हुन थालेका छन्। त्यस्तैमा चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले पनि ुहोलीु सम्बन्धी नयाँ गीत सार्वजनिक गरेका छन्।
तिमीलाई देखेर बोलको गीतमा गायक टंक बुढाथोकीको आवाज रहेको छ भने यस गीत्मा शब्द रहेको छ उषा किरण अधिकारीको । गायक बुढाथोकीले नै यस गीतमा संगीत भरेका छन् भने एरेन्जमेन्ट पनि उनको आफ्नै रहेको छ ।
टंक बुढाथोकीको आफ्नै स्टुडियो स्टुडियो ९ मा रेकर्ड गरेको यस गीतको म्युजिक भिडियोमा भने निर्देशक तथा नायक शोभित बस्नेत, नायक सविन श्रेष्ठ। उषा किरण र उनका साथीहरू फिर्चड छन् भने भिडियोको कोरियोग्राफी विश्वनाथ राजवंशीले गरेका छन् । समन अधिकारीको निर्देशनमा बनेको या गीतमा विकास धमलाले सम्पादन गरेका छन् ।
हेर्नुस् भिडियो :
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij