मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घुम्ती शिविरबाट वृद्धादेखि सुत्केरीसमेतलाई नागरिकता प्रदान

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५



  • जाजरकोट । जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् ।

    बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

    त्यस्तै बारेकोट–४ करुकाकी तीन दिने सुत्केरी १८ वर्षीय देवीका बस्नेत थापाले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाइन् । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले उनीहरुलाई नागरिकता प्रमाणपत्र दिएका हुन् । पहिलो पटक डिजिटल प्रविधिबाट शिविरमा नागरिकता वितरण गरिएको खतिवडाले बताए ।

    जीवनको उत्तरार्धमा ७२ वर्षको उमेरमा पहिलो पटक घरजनिकै नागरिकता लिन पाउँदा धनसरी निकै हर्षविभोर भइन्। सदरमुकाम जान तीन दिन हिँड्नुपर्ने बाध्यता, आफै हिँडेर जान नसक्ने, सदरमुकाम लगिदिने मानिस नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले पहिले बनाउन नपाएको उनले बताइन् ।

    समयमा नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र चुनावमा भोट हाल्नबाट समेत वञ्चित हुनुपरेको उनले गुनासो सुनाइन् । घर नजिकै नागरिकता वितरण गर्ने टोली आएको जानकारी पाएपछि तीन दिनकी सुत्केरीले पनि नागरिकता लिएकी हुन् । उनले भनिन्,“घण्टौँ हिँडेर सदरमुकाम गएर नागरिकता लिनुपर्ने झण्झट हटेको छ । म निकै खुशी छु ।”
    त्यस्तै, बारेकोट–४ जिरीकी ६९ वर्षीया अविवाहिता महिला पद्मी सार्कीले पनि पहिलो पटक नागरिकताको प्रमाण प्रत्र पाउँदा निकै खुशी भएकी छन् । माइतीमै एकल जीवन बिताउँदै आएकी उनले समयमा नागरिकता नबनाउँदा लामो समयदेखि सामाजिक सुरक्षा भत्तासमेत पाउनबाट समेत वञ्चित हुनुपर्यो । पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि उनले आफ्नो वषौंदेखिको अधुरो धोको पूरा भएको बताइन् ।

    दुर्गमका जनतालाई घर आँगनमै सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामावली, अपाङ्गता परिचयपत्र वितरण, घरेलु उद्योग दर्ता लगायतका सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताइन् । शिविर एक सातासम्म सञ्चालन हुनेछ ।

    मुड्केचुला गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा भिडियो एक्सरे गर्नकै लागि डोल्पाको सदरमुकाम दुनै आउनुपर्ने बाध्यताबाट मुड्केचुला गाउँपालिकाका स्थानीयलेमुक्त भएका छन् ।

    मुड्केचुला गाउँपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडा रहेका स्वास्थ्य संस्थामा भिडियो एक्सरे वितरण गरेपछि यहाँका स्थानीयवासी दुनै जानु नपर्ने भएको हो । भिडियो एक्सरे पाएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् ।

    गर्भ जाँच गर्नका लागि दुनै जानुपर्ने बाध्यता अन्त्य भएको राजिकम्द स्वास्थ्यचौकीकी अनमी लक्ष्मी शाहीले बताइन् । दुई दिन हिँडेर सदरमुकाम गई भिडियो एक्सरे गरी जाँच गर्नुपर्ने अवस्था अन्त्य गरी अब गाउँमै सो सेवा प्रदान गरिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij