प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५
हुम्ला । दुई महीना लगातार नरोकिएको हिमपात फेरी आजदेखि हिउँ पर्न शुरु भएको छ । जिल्लामा बिहीबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात शुरु भएको हो।
लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो। हिमपातसँगै जिल्लामा चिसो निकै बढेको र हावाहुरी चलिरहेको छ। हिमपात भएपछि जिल्लामा चिसो बढेको तापक्रम माइनसमा झरेको छ।
हिमपात हुँदा जिल्लाको एकमात्र हवाई यातायात पनि आजदेखि ठप्प भएको छ। जिल्लाबाट बाहिर जाने यात्रुलाई समस्या बनाएको छ।
हिमपातले कर्णाली प्रदेशको बैठकमा सहभागी हुन विमानस्थल पुग्नुभएका सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हिमपातले निकै समस्या बनाएको बताए। प्रदेश बैठक शनिबार दिउँसो छ तर जिल्लाको एकमात्र हवाई यातायात चलेको छैन निकै समस्या बनाएको लामाले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij