मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तपाईमा यी ५ संकेत छन्, उसोभए तपाईं बुद्धिमान हुनुहुन्छ !

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५



  • एजेन्सी । संसारभरका मानिसमा सबैमा अलग्गै विशेषता हुन्छ । मार्कसिटमा हुने अंकको आधारमा व्यक्ति कत्तिको बुद्धिमान छ भन्ने जान्न सकिंदैन । किनकी हरेक मानिस कुनै एउटा पाटोमा बुद्धिमान हुन्छ । दिमागको भाग र कामलाई विभिन्न वैज्ञानिकले अलग अलग काम तथा हिस्सामा बाँडेका छन् । कसैले दिमागलाई तीन भागमा बाँडेका छन् त कसैले छ भागमा । तर, जुनसुकै हिसाबले बाँडेतापनि हरेक व्यक्तिको दिमाग कुनै एउटा भागमा सक्रिय पाइन्छ ।

    प्राय स्कुलहरुमा राम्रो अंक ल्याउने विद्यार्थीहरु अगाडी बेञ्चमा बस्ने गर्छन् । अगाडी बस्ने विद्यार्थीहरुलाई बुद्धिमान भनिन्छ । तर, वास्तवमा अगाडी बेञ्चमा बस्ने विद्यार्थी भन्दा पछाडी बस्ने विद्यार्थी बुद्धिमान हुन्छन् । अगाडी बस्ने विद्यार्थीहरु अरुले सिकाएको कुरा टिप्न सक्ने हुन्छन् तर पछाडी बस्ने विद्यार्थीहरु जिन्दगीको जुनसुकै लडाई लड्न सक्ने हुन्छन् । उनीहरुमा एकै पटक धेरै काम गर्ने क्षमता समेत हुन्छ ।

    बुद्धिमान व्यक्तिहरु खुशी देखिन्छन् । उनीहरु मुस्कुराउन मन पराउँछन् र अरुलाई पनि हाँसेको हेर्न चाहन्छन् । पीरमा परेको व्यक्तिलाई समेत उनीहरु हँसाउने प्रयास गर्छन् । तर पनि उनीहरु कुनै चिन्तनमा पनि डुबेका हुन्छन् । बुद्धिमान व्यक्तिहरु धेरै सोंच्छन् । उनीहरु कुनै कुराको विश्लेषण गर्ने र निर्णय लिंदा धेरै सोंचेर लिने किसिमका हुन्छन् ।

    बुद्धिमान व्यक्तिहरु आफूलाई माया गर्ने, आफैमा हराउन सक्ने हुन्छन् । उनीहरुलाई साथी नभएतापनि दिन काट्न समस्या हुँदैन । एउटा पुस्तक पढेर नै उनीहरुले आफ्नो दिन काट्न सक्छन् । उनीहरु रचनात्मक हुने हुनाले आफू भित्र हरेर कुनै कुरामा डुब्छन्, जसले गर्दा उनीहरुलाई साथीको अभाव महसुस हुँदैन । धेरैजसो बुद्धिमान व्यक्तिहरु देब्रे हात प्रयोग गर्ने हुन्छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij